+
+
Shares

नौ बुँदे सम्झौता कार्यान्वयन गर्न अदालत पीडितको माग

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ जेठ २ गते १६:४२

Adalat-pidit-chitwan

२ जेठ, काठमाडौं । जनयुद्धका मुद्दामा अदालत पीडित संघले नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । संघले सम्झौता कार्यान्वयन नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

चितवनको भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी संघका संयोजक बाबुराम गौतमले नौ बुँदे सम्झौता कार्यान्वयन नगरिए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

विस्तृत शान्ति सम्झौता विपरित जनयुद्धकालीन मुद्दा अदालतमा पुर्‍याइएको र अदालतले जनविरोधी फैसला गर्न थालेको उनले आरोप लगाए ।

जनयुद्धकालीन मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् नै टुंगो लगाउनुपर्ने उनको भनाइ थियो । संयोजक गौतमले जनयुद्धका सबै मुद्दाहरु खारेज गर्न मागसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?