२ जेठ, चितवन । चितवनको नारायणगढमा लक्ष्मी बैंक भित्रैबाट जग्गा व्यवसायी लुटिएका छन् । जग्गा किनबेचका लागि एसवीआई बैकबाट पैसा निकालेर लक्ष्मी बैंकमा राख्न आएकाबेला भरतपुर-७ कृष्णपुरका योगेन्द्रध्वज थापा लुटिएका हुन् ।
थापाले आफूसँग रहेको २ लाख ९७ हजार रुपैयाँ लुटिएको बताएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्त कुँवरले जानकारी दिए । कुँवरका अनुसार थापाले तीन जनाको नचिनेको समूहले रकम लुटेको बताएका छन् ।
‘थापाले बैंकमा छिरेर घाँटीमा चिलायो भन्दै पैसा राखेको झोला छाडेर धारा तिर गए,’ प्रहरी प्रमुख कुँवरले भने, ‘घटना हेर्दा निजले नै बेवास्ता गर्दा ३ जनाको समूह आएर लगेको सिसि क्यामराबाट देखियो ।’
लुटेराको पहिचान भएकाले खोजी कार्य तिव्र पारिएको चितवन प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4