+
+
Shares

रक्षाले जंगी अड्डालाई सोध्यो स्पष्टिकरण, हिरोइनलाई स्वागत सेनाको मर्यादाविपरितः रक्षामन्त्री रावल

रमेश धमला रमेश धमला
२०७३ जेठ २ गते १८:५७

bhim-and-nepali-sena२ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले भारतीय हिरोइनलाई सेनाका जर्नेलले विमानस्थलमा स्वागत गरेको विषयलाई आफूले गम्भीरताका साथ लिएको बताएका छन् । यस विषयमा जंगी अड्डालाई लिखित स्पष्टिकरण सोधिएको उनले जानकारी दिए ।

‘हामीले जंगी अड्डालाई स्पष्टिकरण सोधेका छौं, त्यसको जवाफ हेरेर थप निर्णय लिन्छौं,’ उनले अनलाइखबरसँग भने । उनले हिरोइनलाई स्वागत गर्न सेनाका उच्चपदस्थ व्यक्ति विमानस्थलमा पुग्नु सैन्य मर्यादा अनुकुल नरहेको प्रष्ट पारे ।

भुकम्पपिडितका लागि गरिएको च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय हिराइन सोनाक्षी सिन्हालाई नेपाली सेनाका जर्नेलले स्वागत गर्न पुगेको विषयको जनस्तरमै आलोचना भइरहेको छ ।

स्वागत गर्न गएको होइनः  सेना

नेपाली सेनाले भने हिरोइनको स्वागतमा गएको विषयलाई प्रतिरक्षा गरेको छ । सैनिक प्रवक्ता तारावहादुर कार्कीले सेनाका जर्नेल शाही त्यहिँ कार्यरत भएको बताए ।

‘सेनाका जर्नेल कसैलाई स्वागत गर्नकै निम्ति त्यहाँ जानुभएको होइन, आफ्नो कार्यक्षेत्रभित्र परेको अवस्थामा सेनाको पाहुना भनेर स्वागत गर्नुभएको हो,- उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?