+
+

‘आन्दोलनमा सशस्त्र समूहको घुसपैठ आशंका’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते ६:३२

federal allience_protest (13)३ जेठ, काठमाडौं । मधेसवादी दलहरुले राजधानीकेन्द्रीत आन्दोलन सुरु गरेलगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र तराईका भूमिगत समूहको घुसपैठ हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ ।

मधेसकेन्दि्रत दलले आˆना माग पूरा गर्न १ जेठबाट राजधानीमा शक्ति प्रदर्शन गर्न थालेलगत्तै सरकारले सुरक्षा सतर्कतातर्फ  विशेष ध्यान दिएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

तराईमा रहेका भूमिगत सशस्त्र समूहले राजधानीमा कुनै न कुनै प्रकारका विध्वंसात्मक कार्य गर्न सक्ने संकेत पाएपछि सुरक्षामा विशेष सतर्कता अपनाइएको सुरक्षा निकायको भनाइ छ ।

घुसपैठ भए तराइबासी बाहेक अन्य समुदायका मानिसमाथि पनि आक्रमण हुनसक्ने तथा आन्दोलनलाई उत्तेजित पारेर शान्ति सुरक्षामा समेत असरा पार्न सक्ने तर्फ ध्यानकेन्दि्रत भएको गृह मन्त्रालयले जनाएको छ ।

‘मधेस आन्दोलनका समयमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरुप्रति अहिले पनि जनतामा नकारात्मक धारणा रहेकाले उनीहरु प्रति आक्रमण हुन सक्छ भन्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रीत छ ।’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?