Comments Add Comment

जन सम्पर्क समिति अष्ट्रेलियाद्वारा पत्रकार सम्मानित

australiaसिड्नी ।  जन सम्पर्क समिति अस्ट्रेलियाले सिड्नीमा नेपालवाट आएका दुई संचारकर्मीलाई एक कार्यक्रबीच सम्मान गरेको छ ।

समितिले नेपालबाट आएका नेपाल प्रेस युनियनका अध्यक्ष बद्री  सिग्देल र पूर्ब अध्यक्ष तथा सन्चारकर्मी समीरजंग शाहलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले राजनीति विकासको ढोका भएको बताउदै यसको सुधार अवश्यक रहेके बताए ।

उनले राजनीतिले मानिसको चरित्र निर्माणमा समेत सहयोग गर्ने भन्दै राजनित सहि दिशामा अघिबढ्नु पर्नमा जोड दिए ।

कार्यक्रममा प्रेश युनियनका अध्यक्ष बद्री सिग्देलले प्रवासमा पनि राजनीतिक संस्कार र समृद्ध समाजको निमार्ण हुंदै जानु सरारात्मक  बिषय भएको बताए । उनले  बिदेशमा बस्ने नेपालीहरूले आफ्नो सिप नेपालमा प्रयोग गर्नुपर्नमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेश युनियनका पूर्ब अध्यक्ष समिरजंग शाहले आफू बलियो भएन भने प्रतिपक्ष बलियो हुन्छ भन्दै यतिखेर अपफूहरू एक भएको शन्देश फैलाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा जनसम्पर्क समिती अस्ट्रेलियाका अध्यक्ष कृष्ण गिरूले सबैलाई एकजुट बनाएर बिकृती र बिसंगतीको बिरोधमा अगाडि बढ्ने बचनबद्धता प्रकट गरे । कार्यक्रममा सन्चारकर्मीद्धय सिग्देल र शाहलाई उपहार सहित सम्मान  गरिएको थियो ।

जनसम्पर्क समिती अस्ट्रेलियाका संरक्षक प्रेम सापकोटाले नेपाली कांग्रेश यतिबेला प्रतिपक्षमा बसेपनि संविधान निमार्ण र यसको कार्यान्वयनमा चनाखो भएर लाग्नु पर्ने  अवस्था रहेको बताए भने  एनआरएनका पूर्ब अध्यक्ष गणेश केसी, एनएडीएफका अध्यक्ष बालचन्द्र भटटराई, नेपाल अस्ट्रेलिया यूथ एशोसीयसनका अध्यक्ष कोमल पाठक, जनसम्पर्क समितिका संस्थापक दिनेश जोशी,महामन्त्री किरण बराल ,एनआरएन अस्ट्रेलियाका सदस्य छबी सापकोटा ,जनसम्पर्क समितीका वरिष्ठ उपाध्यक्ष सुरेश गुरूगं लगायतले अस्ट्रेलियाका आफुहरू  एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।  कार्यक्रममा एनआरएन आइसीसी सदस्य प्रकाश जीसी,केशब सापकोटा, सामाजिक अभियन्ता निरज श्रेष्ठ लगायतको उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment