Comments Add Comment

स्वदेशी पूँजी र प्रविधिमा यसरी बन्दैछ ६ लेनको सडक

२४ किलोमिटर सडक २० मिनेटमै पार गर्न सकिने

bhairabha_road (2)
भैरहवा बुटवल ६ लेनको सडक पिच गरिँदै ।

३ जेठ, भैरहवा । पश्चिम क्षेत्रको औद्योगिक नगर भैरहवा र व्यापारिक नगर बुटवल नजिकिँदै छन् । निर्माणाधिन ६ लेनको व्यापारिक सडकले दुबै शहरलाई नजिक बनाउने भएको हो ।

भैरहवाको बेलहियादेखि बुटवलको चौराहासम्म २४ किलोमिटर सडक ६ लेनमा स्तरोन्नती भइरहेको छ । यो सडक निर्माण भएपछि एउटा शहरबाट अर्को शहरमा पुग्न २० मिनेटमात्र लाग्नेछ । अहिले धमाधम यो सडक निर्माण भइरहेको छ ।

यो सडक निर्माण कार्य २०७२ असारसम्म सकिनुपथ्र्यो । तर, अहिलेसम्म जम्मा ७.१ किलोमिटर सडकमात्र स्तरोन्नती भएको छ । ‘हामी आर्थिक वर्ष २०७४/७५ भित्र सडक निर्माण सम्पन्न गर्ने संशोधित लक्ष्य राखेका छौं’ परियोजनाका इञ्जिनियर लिला बहादुर भण्डारीले भने- ‘यो आर्थिक वर्षमा १ किलोमिटर थपिन्छ, आगामी आर्थिक वर्षमा १२ किलोमिटर पुर्‍याउने लक्ष्य छ ।’

6 lane road ko skech
सडक निर्माण सम्पन्न भएपछि यस्तो देखिने छ ।

यो सडक नेपाली लगानी, नेपाली प्रविधि, नेपाली ठेकेदार, नेपाली कामदार र नेपाली डिजाइनमा बन्न लागेको हो । दायाँ बायाँ हरियाली हुने यो सडक नेपालकै नमुना बन्ने इञ्जिनियर भण्डारी बताउँछन् । यो सडकमा ६ ठाउँमा अपाङ्गमैत्री आकाशे पुल निर्माण गरिने भएको छ ।

इञ्जिनियर भण्डारीका अनुसार चौराहा, कालिकानगर, जोगिकुटी, बुद्धचोक, देवकोटा चोक, आँखा अस्पतालमा आकाशे पुल बनाइने छ । सडक स्तरोन्नती भएपछि बेलहिया नाकामा पनि आकाशे पुल बन्नेछ । भोलीका दिनमा आवश्यकता अनुसार आकाशे पुल थपिँदै जाने उनले बताए ।

Bhairawa Road (1)
सडक बनाउन ढुंगा फोर्दै कामदारहरू ।

यो सडक निर्माण गर्न साढे ५ अर्ब रुपैयाँ लाग्ने छ । अहिलेसम्म १ अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको छ । ‘अब हामीले खर्च गर्ने क्षमता बढाउनुपर्छ, अनिमात्र तोकिएको समयमा निर्माण सम्पन्न हुन्छ’ उनले भने- ‘अहिले नदीजन्य पदार्थको अभाव छ, यस्ता परियोजनालाई सरकारले प्राथमिकता दिनुपर्छ, निर्माण सामाग्रीको अभाव हुन दिनुहुँदैन ।’ अहिले यो सडकमा ६ वटा कन्स्ट्रक्सन कम्पनीहरुले ३/३ किलोमिटर सडक बनाउने काम गरिरहेका छन् ।

6 lane sadak ko aakashe pool_bhairawa
सडकमा बनाइने आकाशे पुल । जुन अपांगमैत्री हुनेछ ।
Bhairahawa 6 Lane Sadak (3)
भैरहवा नगरभित्र बनिसकेको ६ लेनको सडक ।
Bhairawa Road (2)
सडक सम्याउनका लागि थुपारिएको रोडा, ढुंगा तथा माटो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment