३ जेठ, काठमाडौं । सभामुख ओनसरी घर्तीको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका डा. डिभी कार्कीले सोमबार सभामुख घर्तीको पित्त थैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिन यता सभामुख अस्वस्थ भएकी थिइन् ।
सोमबार बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकहरुले केही दिन अस्पतालमै आराम गर्न सुझाव दिएको उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4