३ जेठ, काठमाडौं । इटलीले द्वन्द्वग्रस्त लिबियामा आफ्नो सेना नपठाउने खबर इटालियन सञ्चार माध्यमहरुमा आएको छ । र, त्यहाँ नेपाली सेना जाने सम्भावना छ ।

गत अप्रिलमा इटलीले युनाइटेड नेशन सपोर्ट मिसन इन लिबिया (यूएनएसएमएल) मा झण्डै नौ सय सेना पठाउने खबर आएको थियो । जसले त्यहाँ रहेका संयुक्त राष्ट्रसंघका भौतिक संरचना संरक्षण गर्नेछन् ।
तर, इटलीको पत्रिका ‘कोरिएरे डेला सेराले’ अब लिबियामा नेपाली शान्ति सेना जाने दाबी गरेको. छ । तर, यसबारे नेपाल सरकारले केही भनेको छैन ।
द्वन्द्वग्रस्त लिबियामा पछिल्लो समय चरमपन्थी संगठन आईएस निकै सक्रिय देखिएको छ ।
इटलीका प्रधानमन्त्री माटेओ रेन्जीले लिबियामा आफ्ना सैनिक पठाए उनीहरु चरमपन्थीहरुको निशानामा पर्ने खतरा रहेको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4