Comments Add Comment

महिला ट्राफिकलाई नटेर्दा ‘घुमिफिरी रुम्जाटार’

traffic police (1)
३ जेठ, काठमाडौं । संघीय गठवन्धनले गरेको सिंहदरबार घेराउका कारण सवारीसाधनहरुलाई सोमबार पनि दिनभरी सास्ति भयो । यी दृष्यहरु सिंहदरबारको पश्चिम गेट अगाडिका हुन् ।

traffic police (11)
त्यहाँ आज महिला ट्राफिक प्रहरी तैनाथ थिए । उनीहरुलाई नटेरेर दिनभरजस्तो मोटरसाइकलहरु माइतीघर वरसम्म पुग्ने र फर्किने गरिररहे । माइतीघरमा आन्दोलनकारीको ठूलो अवरोध थियो र ट्राफिक प्रहरीले वरैबाट सवारीसाधन रोकिरहेका थिए ।

traffic police (10)
भद्रकाली र पुतलीसडक तिरबाट आएका मोटरसाइकललाई रोक्न खोज्दा नसकेका महिला ट्राफिक प्रहरी तीनै मोटरसाइकल एकछिनपछि लुरुक्क पर्दै फर्किंदा मनमनै खुचिङ भन्थे । गाडी चालकहरु भने सिंहदरबारबाट अघि बढ्ने हिम्मतै गरेनन् ।

हेरौं सिंहदरबार अगाडिका केही तस्बिरः

traffic police (3)
traffic police (9)
traffic police (7)
traffic police (8)
traffic police (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment