Comments Add Comment

चौतारीमा दुई प्यानलको भिडन्त निश्चित, यस्तो छ संस्थापन पक्ष

३ जेठ, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

chautari candidateसहमतिका आधारमा नेतृत्व चयन गर्न सोमबार दिनभर दरबारमार्गको एक होटलमा छलफल भएपनि सहमति जुट्न सकेन ।

सहमति जुटन नसकेपछि संस्थापन पक्ष र पार्टीभित्र प्रतिपक्षी भूमिकामा रहेका माधवकुमार नेपाल पक्षका पत्रकारले बेग्लाबेग्लै प्यानल बनाएर चुनावी मैदानमा उत्रिने भएका छन् ।

जसअनुसार संस्थापन पक्षले गणेश वस्नेतको नेतृत्वमा प्यानल घोषणा गरेको छ भने माधवकुमार नेपाल पक्षधरले पत्रकार माधव नेपालको नेतृत्वमा प्यानल घोषणा गरेको छ ।

यी हुन् संस्थापन पक्षका उम्मेदवार
संस्थापन पक्षको अध्यक्षमा गणेश वस्नेत, बरिष्ठ उपाध्यक्षमा कुशलबाबु बस्नेत, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा निमा काफ्ले र महासचिवमा गणेश पाण्डे उम्मेदवार तय भएका छन् ।

यसैगरी कोषाध्यक्षमा टेकराज थामी, उपमहासचिवमा रामकृष्ण शर्मा र देवीका घर्तिमगर, सचिव खुलामा इन्द्र आचार्य, भरत केसी, द्वारिका काफ्ले र विक्रम लुइँटेल, मधेसी सचिव भउचप्रसाद यादव, दलित जनजाति सचिवमा हिरामान लामा तय भएका छन् भने दलित सचिवको नाम तय हुन बाँकी छ ।

यसैगरी अनुशासन आयोग प्रमुखमा चेतन अधिकारी र लेखा प्रमुखमा जे पाण्डेको उम्मेदवारी तय भएको छ ।

प्रदेश नम्बर १ को उपाध्यक्षमा लिलाराज भट्टराई, २ मा लालबाबु सेख, ३ मा विश्वमणि सुवेदी, ४ मा हरि वास्तोला, ५ मा सविन प्रियसन, ६ मा बीरबहादुर गिरी तय भएका छन् भने प्रदेश नम्बर ७ को उपाध्यक्षमा तय हुन बाँकी छ ।

माधवकुमार नेपाल पक्षधरले यसअघि नै पत्रकार माधव नेपालको नेतृत्वमा बेग्लै प्यानल घोषणा गरिसकेको छ । जसमा महासचिवमा राजेश राई उम्मेदवार रहेका छन् ।

यो पनि पढ्नुस्
एमाले निकट पत्रकारलाई चुनाबी रन्को, पार्टीमा जस्तै गुट भिडन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment