+
+
Shares

एमाअोवादी पूर्व सभासदमाथि कुटपिट, अवस्था गम्भिर

रासस रासस
२०७३ जेठ ४ गते ११:०७

४ जेठ, महोत्तरी । महोत्तरी जिल्लाबाट एनेकपा माओवादीका पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेका छन् ।

bodinidevi mahatoजिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८/१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले उनलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए ।

घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी छिन्  भने उनको अवस्था चिन्ताजनक रहेको छ ।

गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी उनलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएको थिए । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरु पासवानले बताए ।

उनी हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुग्नुभएको छ भने उहाँको उपचारमा संलग्न चिकित्सकले उहाँको अवस्था चिन्ताजनक रहेको नेता पासवानले बताए ।

सभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन भने जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?