Comments Add Comment

प्रदर्शनकारीको प्रहारले असईको औंला भाँच्चियो

Baluwatar-Jhadap४ जेठ, काठमाडौं । संघीय गठवन्धनले गरेको बालुवाटार धर्नाका क्रममा झडप हुँदा एक प्रहरी सहायक निरीक्षक असई घाइते भएका छन् ।

प्रदर्शनकारीले झण्डाको भाटाले हिर्काउँदा उनको बुढी औंला भाँच्चिएको घटनास्थलमा रहेका अनलाइनखबरकर्मी रमेश धमलाले जानकारी दिए ।

नेपाल राष्ट्रबैंकको केन्द्रीय कार्यालय नजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनकारीलाई प्रधानमन्त्री निवास बालुवाटारतिर जानबाट रोक्ने क्रममा प्रहरीले हल्का लाठी चार्ज पनि गरेको थियो ।

अहिले स्थिति शान्तिपूर्ण छ । मधेसी दलका शिर्ष नेताहरु धर्नामा छन् भने ठूलो संख्यामा प्रहरीहरु बालुवाटार क्षेत्रमा तैनाथ छन् । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि पनि थुप्रै प्रहरी परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment