Comments Add Comment

बौद्ध सम्मेलनमा चीनबाट २६ जना र भारतबाट ५ जना आउने

२३ मुलुकको सहभागिता निश्चित

Buddha Life Circal 11

४ जेठ, काठमाडौं । सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागीता रहने भएको छ । गौतम बुद्धको २५६०औ जन्मोत्सवको अवसर पारेर सम्मेलन आयोजन गर्न लागिएको हो ।

सम्मेलनमा भाग लिन श्रीलंका र थाइल्यान्डका पर्यटनमन्त्री आउने निश्चित भएको छ । भारतबाट पाँच जनाको सरकारी डेलिगेटस् आउने भारतीय राजदूतावासबाट जानकारी आएको पर्यटनमन्त्री आदनन्दप्रसाद पोखरेलले बताए । तर, दूतावासले सम्मेलनमा आउने टोलीको नाम खुलाएको छैन ।

चीनबाट चिनियाँ बुद्धिस्ट एशोसियसनको उपाध्यक्ष आउँदैछन् । उनको नेतृत्वमा २६ जना भिक्षुहरु आउन लागेको मन्त्री पोखरेलले बताए । यसअघि भारतबाट प्रधामन्त्री नरेन्द्र मोदी र चीनबाट राष्ट्रपति सि जिन पिङ आउने चर्चा चलेको थियो । सम्मेलनमा दुबै जनाको उपस्थिती नहुने भएको छ ।

बुद्ध सम्मेलनमा भाग लिन लिथवानियाबाट समेत डेलिगेटस् आउन लागेको मन्त्री पोखरेलले बताए । उनका अनुसार रोमानियाका पूर्व राष्ट्रपति र टर्कीका पूर्वमन्त्री पनि सम्मेलनमा भाग लिन नेपाल आएका छन् ।

‘सरकारी डेलिगेटस् बाहेक विभिन्न मुलुकबाट ५ सय भिक्षुहरु नेपाल आउने भएका छन्’ मन्त्री पोखरेलले भने- ‘लुम्बिनीमा नेपाली र विदेशी गरी २ हजार भिक्षुहरु पुग्नेछन् ।’ काठमाडौंमा हुने सम्मेलनमा भने ५ सय जनाको सहभागिता रहने बताइएको छ ।

सरकारले जेठ ६ र ७ गते काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दैछ । वैशाख ८ गते लुम्बिनीमा भव्य बुद्धजयन्ती समारोह हुनेछ । बुद्ध दर्शनको उत्पत्ती लुम्बिनीमा भएको विश्वभर प्रचार प्रसार गर्नु समारोहको मुख्य उद्देश्य रहेको छ ।

‘बुद्ध दर्शनको उत्पत्ती लुम्बिनीमा भएको, विश्वकै बुद्ध दर्शनको केन्द्र लुम्बिनी हुनुपर्छ’ मन्त्री पोखरेलले भने- ‘हामीले सम्मेलनमार्फत यही एजेन्डा स्थापित गर्ने हो ।’ । बुद्धिष्टहरुको केन्द्र नेपाल बाहेक अरु ठाउँ हुन नसक्ने उनको भनाई छ ।

सम्मेलनको पहिलो दिन ६ गते काठमाडौंको सोल्टी होटलमा बुद्धसम्बन्धी फिल्महरु देखाउने र सांस्कृतिक कार्यक्रम हुने छ । सोही सम्मेलनमा लुम्बिनीलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय बुद्धिष्ट सर्किट बनाउने विषयमा पनि छलफल हुनेछ ।

निःशुल्क भिषा

सम्मेलनमा भाग लिन आउनेहरुलाई निःशुल्क र अनअराइभल भिषा उपलब्ध गराएको मन्त्री पोखरेलले जानकारी दिए । हालैमात्र मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको थियो ।

सम्बन्धित देशको सरकार वा त्यहाँको बुद्धिष्ट संगठनले सिफारिस गरेका अथवा नेपालले निमन्त्रणा गरेका व्यक्तिहरुले निःशुल्क र अनराइभल भिषा प्राप्त गर्नेछन । यो विषयमा सोमबार २९ देशका राजदूतलाई बोलाएर जानकारी गराइसकेका उनले मन्त्री पोखरेलले बताए ।

सम्मेलनको अन्तिम तयारी भइसकेको छ । सम्मेलनमा बुद्धिष्ट मुलकमात्र नभएर अरु मुलुकबाट समेत डेलिगेटस् आउँदैछन् । काठमाडौंमा हुने सेमिनारको प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनीमा हुने समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

बुद्धजयन्ती समारोहमा लुम्बिनीमा रहेको मायादेवी मन्दिरलाई फुलैफुलले ढाकिने भएको छ । लुम्बिनीमा तीन दिनसम्म भव्य पुजा-आजा हुनेछ । लुम्बिनीमा हुने समारोहका लागि अन्तिम तयारी भइसकेको मन्त्री पोखरेलले जानकारी दिए ।

सम्मेलनमा भाग लिन काठमाडौंबाट टुर डे लुम्बिनी अभियानमार्फत साइकल चढेर ठूलो टोली लुम्बिनीतर्फ प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment