+
+

चितवनमा चट्याङ लागेर २ को मृत्यु, २ घाइते

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ जेठ ४ गते १९:०६

chatyang-lighting

४ जेठ, भरतपुर । चितवनमा चट्याङ लागेर मंगलबार दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

हावा हुरी र पानीसँगै परेको चट्याङ लागेर राप्ती नगरपालिका १२ का २१ वर्षीय कमल पुन र मकवानपुर फापरबारीका ३५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।

तामाङलाई राप्ती नगरपालिका ८ गैडाढापमा खेत खनिरहेका बेला चट्याङ लागेको थियो । तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

साथै गैडाढापमा नै काम गरिरहेका राप्ती-८ डडुवाका १९ वर्षीय प्रकाश परियार र १८ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनीहरु दुबैलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?