Comments Add Comment

गैरविद्यार्थीलाई नेविसंघ महाधिवेशनमा स्थान नदिन माग

वालमिकी भेलाको प्रश्न- नेविसंघको नेता हुन विद्यार्थी हुनुपर्ने कि नपर्ने ?

Nebisangh-in-Balmiki-Campus४ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थीहरुले नेविसंघको आगामी महाधिवेशनमा गैरविद्यार्थीहरुलाई स्थान दिन नहुने निष्कर्ष निकालेका छन् । उनीहरुले वर्षौंसम्म हुन नसकेको नेविसंघको महाधिवेशन पनि छिटो सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यकाका बिभिन्न क्याम्पसमा अध्ययनरत नेविसंघ इकाइ सभापतिहरुको मंगलबार बालमिकी क्याम्पसमा भेला आयोजना गरिएको थियो । भेलामा एक सय ५० बढी विद्यार्थी नेताहरु सहभागी थिए । भेलामा सहभागी अधिकांशले तत्काल नेविसंघको महाधिवेशन गर्नुपर्ने र त्यसमा गैर विद्यार्थीलाई प्रतिस्प्रधामा आउनबाट रोक्नु पर्ने बताएका थिए ।

भेलामा सहभागी ग्रामिण आदर्श बहुमुखी क्याम्पसका नेविसंघ सभापति सुशील भट्टले भने, ‘नेविसंघ नामैले विद्यार्थी संगठन भएकाले गैर विद्यार्थीलाई यसमा ठाउँ दिन नहुने भेलाको निष्कर्ष हो ।’

उनले भने, ‘नेविसंघ नेपाली कांगे्रसको नेता उत्पादन गर्ने मुख्य थलो हो । तर त्यही थलोको निर्वाचन वर्षौंसम्म पनि हुन नसकेको भन्दै क्याम्पस स्तरका नेताहरु सक्रिय भएका हुन् ।’

विद्यार्थी जीवन पार गरिसकेको वर्षौंसम्म पनि पुरानै नेताहरुले नेपाल विद्यार्थी संघको नेतृत्व गर्ने लोभ गर्दा महाधिवेशन हुन नसकेको क्याम्पस स्तरका नेताहरुले गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकाका करिब ३ दर्जन भन्दा बढी क्याम्पसका नेवि संघ इकाइ सभापतिहरुको भेलाले यसबारे पार्टी नेताहरुको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

नेवि संघ पोखरा विश्वविद्यालय समन्वय समितिका संयोजक नवराज त्रिपाठीले काठमाडौंको भेलामा नेपाली विद्यार्थी संघको नेता हुन विद्यार्थी हुनु पर्ने की नपर्ने र एउटा व्यक्ति कुन उमेरसम्म विद्यार्थी हुन सक्छ ? भन्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिए ।

उनले भने, ‘हामीसँगै प्रतिस्प्रधा गरेका साथिहरु त्यो संगठनबाट अवकाश पाइसक्दा पनि नेविसंघको चुनाव हुन नसक्नुको कारण के हो ? यसबारे बहस हुन जरुरी छ ।’

बाबु-छोरा एउटै संगठनमा बसेर विद्यार्थी राजनीतिको प्रतिस्प्रधा हुन नसक्ने र त्यो विद्यार्थी संगठन पनि नहुने त्रिपाठीले बताए ।

यो पनि पढ्नुस्

९ वर्षपछि नेविसंघ महाधिवेशनको सुरसार, यस्ता छन् अध्यक्षका दावेदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment