Comments Add Comment

ह्वाट्सएपले हटायो भिडियो कलिंग फिचर

Whatsapp-for-PCइन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले आफ्नो सबैभन्दा पछिल्लो बेटा एपबाट भिडियो कलिंगको फिचर हटाएको छ ।

अघिल्लो हप्तामात्रै ह्वाट्सएपले गुगल प्ले बेटा टेस्टिंग प्रोगामका रुपमा ह्वाट्सएपको एन्ड्रोइड एपमा उक्त फिचर हालेको थियो ।

तर पुनः भिडियो कलिंग फिचर हटाउनुले ह्वाट्सएप अझैपनि यो नयाँ भिडियो कलिंग फिचर लन्च गर्नका लागि पूर्ण रुपमा तयार भैनसकेको देखाएको छ । यसअघि ह्वाट्सएपको कल बटनमा गएसँगै अडियोको साथबाथै भिडियो कलिंगको अप्सन पनि देखिन्थ्यो, तर त्यसले काम भने गर्दैनथ्यो ।

भिडियो कलिंग फिचर ह्वाट्सएप २.१६.८० भर्सनमा राखिएकोमा पछिल्लो २.६१.८१ भर्सनबाट यसलाई हटाइएको  छ ।

यसअघि ह्वाट्सएपले चरणबद्ध रुपमा अडियो कलिंगको फिचर जारी गरेको थियो । सुरुमा त्यो इनभाइटमा आधारित प्रणालीका माध्यमबाट प्रयोगकर्तालाई प्रदान गरिएको थियो । त्यसपछि ह्वाट्सएपले बहुप्रतिक्षित भिडियो कलिंग सेवालाई पनि बेटा भर्सनमा सार्वजनिक गर्यो ।

तर नयाँ भर्सनमा यो फिचरलाई पुनः हटाउनुले कम्पनीले भिडियो कलिंग फिचरमा काम गरिरहेको भएपनि तत्कालै यसलाई जारी नगर्ने सोँचमा रहेको र भविष्यमा कुनैपनि बेला जारी गर्ने तयारीमा रहेको देखिएको छ ।

स्मरण रहोस् ह्वाट्सएपले लगातार कैयौँ फिचरहरु थप गरिरहेको छ । सुरुमा यसमा डकुमेन्ट पठाउने सुविधा दिइएको थियो भने अब कल ब्याक, जिप फाइल शेयरिंग तथा भ्वाइसमेल जस्ता फिचर समेत थप गरिनेछ । हालैमात्र ह्वाट्सएपले विन्डोज तथा म्याक कम्प्युटरका लागि समेत एप जारी गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment