Comments Add Comment

सिएफजीले गर्‍यो पुनर्निर्माणमा ५० लाख सहयोग

reconstruction-punarniraman
५ जेठ, काठमाडाैं । अमेरिकाको बाल्टिमोरमा मुख्यालय रहेको एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ समूहले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ ।

नुवाकोटको कविलास गाविस—२ मा रहेको सो विद्यालय गतवर्ष २०७१ वैशाख १२ को भूूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो । प्राप्त सहयोगमध्ये ३५ लाख कविलास माध्यामिक विद्यालायको र १५ लाख रूपैयाँ आधारभुत स्वास्थ्य सेवा क्लिनिकमा खर्च गरिनेछ ।

अमेरिकामा संयुक्त परिवार र स्वास्थ्य सुरक्षाको विषयमा काम गर्दै आएको सो संस्थाका संस्थापक ज्याक ड्वायरले नेपालका भूूकम्पपीडित समुुदायलाई सहयोग गर्न पाएकामा आफू अत्यन्तै खुसी भएको बताए ।

सफलताका लागि शिक्षा पहिलो आधारशिला भएकाले नेपालमा बालबालिका र तिनको परिवारमा शिक्षाको पहुँच पुर्‍याउन भविष्यमा पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

क्यापिटल फन्डिङ कम्पनीमै कार्यरत पुष्पा सुवेदीले नेपालमा भूकम्पबाट पुुगेको क्षति र पुनःनिर्माणका बारेमा आफूले ड्वायरलाई अवगत गराएपछि उक्त सहयोग जुट्न सकेको बताए ।

समाजसेवी बसन्तराज मिश्र र डा पीयुुस मिश्रले भूकम्पबाट क्षतिग्रस्त सो क्षेत्रको पुुनःनिर्माणमा सहयोग जुुटाउन संयोजनकारी भूमिका खेलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment