Comments Add Comment

आलुको सेवनले बढाउँछ उच्च रक्तचापको खतरा

potatoके तपाइँलाई आलु चिप्स, फ्रेन्च फ्राइ तथा आलुकै अचार वा मनग्गे आलुको तरकारी खान मन पर्दछ ? यदि हो र तपाइँले उच्च परिमाणमा आलुको सेवन गरिरहनुभएको छ भने सावधान हुनुहोस् । किनकी तपाइँले उच्च रक्तचापको सामना गर्नुपर्ने हुन्छ ।

पछिल्लोपटक गरिएको एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ । विश्वमा सबैभन्दा धेरै खाइने आलुमा भरपूर मात्रामा पोटासियम पाइन्छ । शोधका क्रममा उसिनेका, बेकिंग गरेका वा तारेका आलुका परिकार हप्तामा ४ भन्दा बढि पटक खाने गर्नाले उच्च रक्तचापबाट पीडित हुने खतरा ११ प्रतिशतले बढेको पाइएको छ ।

शोधकर्ताहरुका अनुसारफ्रेन्च फ्राइइको धेरै सेवनले पुरुष तथा महिला दुबैमा उच्च रक्तचापको खतरा १७ प्रतिशतले बढाउन सक्दछ । यतिमात्र होइन आलुका ग्याइसेमिक इन्डेक्स अन्य तरकारीहरुकोे तुलनामा धेरै हुन्छ । त्यसैले धेरै आलुको सेवनले रगतमा चिनीको मात्रा पनि तिव्र रुपमा बढाउँदछ ।

अमेरिकाको ब्रिघम एण्ड वुमन्स अस्पतालका चिकित्सक तथा प्रमुख शोधकर्ता लिया बोर्गीका अनुसार शोधका क्रममा उसिनेको, तारेको तथा बेकिंग गरेको लगायतका आलुका परिकार हप्तामा कम्तिमा ४ पटक वा सो भन्दा बढि पटक सेवन गर्ने मानिसमा महिनामा एक पटक आलुका यस्ता परिकार खाने मानिसमा भन्दा उच्च रक्तचापबाट पीडित हुने खतरा बढि रहेको पाइयो ।

शोधकर्ताहरुका अनुसार उच्च रक्तचापको जोखिमबाट बच्नका लागि आलुको साटो स्टार्चको मात्रा नहुने तरकारीहरुको सेवन गर्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment