Comments Add Comment

जब सोनु निगमले भिखारी बनेर सडकमा गाउन थाले (भिडियो सहित)

Sonu_Nigam_singingIroadभारतको मुम्बइस्थित व्यस्त सहरमा हालै एकजना नयाँ भिखारी देखा पर्यो । हार्मोनियम साथ सडमा उत्रिएको उक्त भिखारीको स्वर गज्जब राम्रो थियो । त्यसैले सडक छेउँमा बसेर उसले गाउन थालेपछि गीत सुन्नेको ठूलो भिड जम्मा भयो ।

कालो चश्मा गाएको, दाह्रीजुँगा नखौरेको, झुत्रे जस्तो देखिने उक्त भिखारी गायकको गीत सुन्न झुम्मिएका मानिसहरुले गाउने क्रममा नै उसलाई विभिन्न कुरा सोधे । खाना खायौँ भनेर सोधे र उसले गाएको गित रेकर्ड पनि गरे ।

एकजना बटुवाले त भिखारी गायकलाई १२ रुपैयाँ भारु भिख दिएर पनि गए । मानिसहरु त्या भिखारी गायकको स्वरमा यति मग्न भए कि त्यो मान्छे भारतको चर्चित गायक हो भन्ने कुराको सुइाको पाएनन् ।

भिखारी गायकको रुपमा सडकमा उत्रिएका मान्छे थिए उनै चर्चित गायक सोनु निगम । सोनु निगम हालै मुइबइको जुहु इलाकामा भेष बदलेर सडकमा आए । सडकको किनारमा बसेर गीत गाउन सुरु गरे ।

उनको गीत निकै मिठो लागेपछि मानिसहरु सुन्नका लागि झुम्मिए । तर मानिसहरु गीतमा यति मग्न भए की त्यो मान्छे सोनु निगम हो भन्ने चिन्न सकेनन् । अनुमान गर्नै सकेनन् । कसैले त मलाई चिन्छ की भन्ने आशंका उनमा थियो । तर अहँ, कसैले चिनेन ।

वास्तवमा चर्चित यु ट्युब च्यानल बिइंग इण्डियाको एक अभियानका रुपमा सोनु यसरी भिखारीको भेष बनाएर सडकमा उत्रिएका थिए ।

सडकमा गाएको उनको रोडसाइड उस्ताज नामको भिडियोमा सोनुले कल हो ना हो देखि लिएर विभिन्न लोकप्रिय गित गजलहरु गाएको देख्न सकिन्छ ।

जब सुन्दरता नजिकै कुनै कुनामा भएको बेला इण्डियनहरुले सुन्दरताप्रति कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा पत्ता लगाउन सोनु निगमलाई सडकमा झारिएको बिइंग इण्डियाले जनाएको छ ।

हेरौँ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment