Comments Add Comment

पश्चिम बंगालमा कांग्रेस र कम्युनिष्ट फिका, ममताको पार्टी अगाडि

असममा बीजेपीको अग्रता, केरलमा कम्युनिष्टले जित्ने संकेत

sonia_gandhi_sitaram_yechuri_and_mamta_benerjee_६ जेठ, काठमाडौं । भारतको पश्चिम बंगाललगायत ५ राज्यमा विधानसभा चुनावको मतगणना सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार पश्चिम बंगालमा वाममोर्चा र कांग्रेस आइको गठबन्धनलाई पछाडि पार्दै ममता ब्यानर्जी नेतृत्वको तृणमूल कांग्रेसले अग्रता कायम गरेको छ ।

पश्चिम बंगालको २७४ सीटमध्ये १९८ मा तृष्णमुलको अग्रता छ भने कांग्रेस आइले ३७ सीटमा र वाममोर्चाले २३ सीटमा अग्रता लिएको छ ।

ममता ब्यानर्जीको पार्टीलाई हराउन भन्दै पश्चिम बंगालमा कांग्रेस र कम्युनिष्टहरु एक गठ भएका थिए । तर, चुनावी नतिजा आउँदा ममता पुनः सत्तामा रहने संकेत देखिएको छ ।

असममा कांग्रेस आइलाई बीजेपीले पछाडि पारेको छ । असममा बीजेपीले पहिलोपटक सत्ता हात पार्ने सम्भावना बढेको छ । त्यहाँ भाजपाले ३८ सीटमा अग्रता पाएको छ भने असम गण परिषदले १८ सीटमा अग्रता पाएको छ ।

kerala_election_campaignवामपन्थीहरुको पुरानो गढ मानिने केरलमा वामपन्थी गठबन्धनले अग्रता हासिल गरेको छ । भारतीय सञ्चारमाध्यममा अनुसार केरलमा वाम गठबन्धनले ६९ सीटमा अग्रता हासिल गरेको छ भने २० सीटमा कांग्रेसले अग्रता लिएको छ ।

तामिलनाडूमा जयललिता पुनः मुख्यमन्त्री बाटोमा अघि बढेकी छिन् । उनको दल १५९ सीटमध्ये १०१ सीटमा अगाडि छ ।
प्रायः सबै राज्यको नतिजा आजै आइसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment