Comments Add Comment

कालिकोटमा भिषण पहिरो, ३ को मृत्यु ५ वेपत्ता

७ जेठ काडमाडौं । कालिकोटमा भारी वर्षासँगै आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।

kalikop_pahiro_1बिहीबार साँझबाट परेको वर्षाका कारण कालिकोटको कोटवाडा गाविसमा पर्ने गजबजार र लालिघाटमा पहिरो गएको हो । बाढी र पहिरोमा परी अन्य ८ जना घाइते रहेको कालिकोटका डिएसपी किशन सिं बुडालले जानकारी दिए ।

मृत्यु हुनेमा स्युना गाबिस २ की वर्ष ५० की धनमति टम्टा, स्युना ५ का वर्ष ३० हिरा तिरुवा, धौलागोह गाबिस ९ का २५ बषिर्या लक्षुभन्डारीको मृत्यु भएको पुष्टि भएको छ ।  त्यस्ते घटनामा बेपत्ता हुनेहरुमा स्युना २ का वर्ष ५०  सन्जिते टमट्टा थिर्पु ५का टक्क बंमका छोरी वर्ष ६ की श्रीष्टा बंम, रकु २ का वर्ष ५० का मनि सुबेधि , बाजुरा गोत्रि १ का अज शार्कीका ४ महीनाका छारो रहेका छन् ।

घाइतेलाई उपचारको लागि कालिकोट स्थिति जिल्ला अस्पताल ल्याएको छ । एक्कासी ठूलो मात्रामा परेको अविरल वर्षापछि आएको बाढीमा ५० करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

रातीको समय बजारको दायाँ र बाँया ठाउँबाट आएको बाढीका कारण सथानीय सुरक्षित स्थानममा भाग्न समेत सकेका थिएनन् ।  ‘पानी परेकोमा खुसी भइएको थिया तर राति सबै अताल्लिएर चिच्याएको सुनेर बाहिर हेर्दा बाढीले पसल बगाइरहेको देखियो’ गेजबजारमा व्यापार गर्दै आएका कोटवाडाका नेत्र विष्टले बताए ।

गत विहीवार कालिकोट र दैलेख जिल्लाको सिमाना दैखोलामा आएको बाढीले एक जनाको मृत्यु भएको थियो भने डेढ करोड भन्दा माथिको क्षति भएको थियो ।

पुष्षराज भट्टरार्इको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment