Comments Add Comment

जनता बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

janta-bank७ जेठ, काठमाडौं । जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्त पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले यही जेठ ३० गते गर्ने साधारणसभ गर्ने जनाएको छ । सभाम अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव लैजाने बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकको सञ्चालक समितिले १९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयर बनाउन प्रस्ताव गरेको छ । हाल बैंकमा प्रवर्द्धक सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशत छ । प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत भएपनि प्रवर्द्धक सेयर ५१ र साधारण सेयर ४९ प्रतिशत रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment