यस्तो लाग्दैछ, चलचित्र ‘लुट’मा एकसाथ काम गरेका कलाकारद्धय सौगात मल्ल र कर्माले फेरि हंगामा मच्चाउनेछन् । असार १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको २ वटा गीत सार्वजनिक भएपछि ट्रेलर रिलिज गरिएको छ ।
श्रीराम दाहालले निर्देशन गरेको यो चलचित्रमा कमेडी भरपुर छ । विशेषगरि, मुख्य कलाकारद्धय सौगात मल्ल र कर्माले दर्शकलाई हसाँउने देखिएको छ ।
चलचित्रमा रिस्ता बस्नेत र सुरविना कार्कीको पनि मुख्य भूमिका छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको उचाई चुलिने संभावना छ । सुरजमान सिंह भण्डारीले चलचित्र निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4