Comments Add Comment

९२ वर्षका कम्युनिष्ट नेता, जो दिनहुँ व्यायाम गर्छन् !

केरलमा वाममोर्चालाई जित दिलाउने अच्युतानन्दनको कथा

vs-achutanandan

७ जेठ, काठमाडौं । भारतका पाँचवटा राज्यमा भएको विधानसभा चुनावमा केरल राज्यका ९२ वर्षे कम्युनष्टि नेता बीएस अच्युतानन्दन एकाएक चर्चामा आएका छन् । पश्चिम बंगालको कांग्रेस-कम्युनिष्ट गठबन्धनको चर्चा पनि यतिबेला भारतमा बहसको विषय बनेको छ ।

भारतको केरल राज्यको पछिल्लो विधानसभा चुनावका क्रममा राहुल गान्धीले ९० कटेको उमेरबारे टिप्पणी गर्दा वाममोर्चाका नेता वीएस अच्युतानन्दनले कवितामार्फत गान्धीलाई जवाफ दिएका थिए ।

‘सेतो कपालले मेरो बढ्दो उमेर देखाउँदैन । न कसैको कम उमेर हुनु उसको जवानीको संकेत हो’ कवितामा अच्युतानन्दनले भनेका थिए, ‘बुर्जुवाहरुका अगाडि डटेर उभिनु नै मेरो जवानी हो ।’

अघिल्लो चुरनावमा अच्युतानन्दन ८७ वर्षका थिए । त्यसबेला उनी निकै झिनो अन्तरले पराजित भएका थिए ।

यसपालि उनी ९२ वर्षका भएका छन् र सीपीएमको नेतृत्व गर्दै उनी लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडीएफ) लाई जीततर्फ डोहोर्‍याएका छन् ।

kerala-Left

पाँच वर्षपछि पनि न त उनको उत्साहमा कुनै कमी छ, न नेतृत्व गर्ने क्षमतामा नै । द हिन्दु पत्रिकाका एसोसिएट एडिटर सी गौरीदासन नायरले भने, एक स्तरमा लाग्छ कि उनी सत्तामा पुग्न चाहन्छन् । तर, उनी निकै गम्भीरताका साथ आधुनिक राजनीतिको कुरा गरिरहेका छन् । उनी जनतासँग जोडिएका मुद्धाको कुरा गरिरहेका छन् । उसका कारण उनको पार्टीको नेतृत्वसँग मनमुटाव हुन्छ र यसले उनलाई जनतासँग नजिक बनाउँछ ।’

राजनीतिक विश्लेषकहरुका अनुसार अच्युतानन्दन एक जटिल व्यक्तित्व भएका नेता हुन्, जसलाई अनुशासनहीनता स्वीकार्य छैन ।

वरिष्ठ राजनीतिक विश्लेषक बीआरपी भास्कर भन्छन्, उनीमा आएको परिर्वतन उल्लेखनीय छ । केरलामा उनी जस्ता अरु कोही छैनन् । यहाँसम्म कि उनका प्रतिद्वन्द्वी कांग्रेसी ओमान चाण्डीले पनि उनले जस्तै गर्न थालेका छन् ।

अच्युतानन्दनले त्यस्ता मुद्दा उठाएका छन्, जसले आदिवासी र समाजमा पछाडि परेकामा मानिसहरु प्रभावित हुन्छन् । यस्तो कुनै आन्दोलन छैन, जसमा उनी नजोडिएका हुन् ।’

केहीले भने उनको सल्लाहकार टिमका कारण अच्युतानन्दनमा परिर्वतन आएको दाबी गर्छन् । तर, उनका सल्लाहकार रहेका जोसेफ सी म्याथू भन्छन्, उनको टिमका कारण परिर्वतन आएको होइन । उनको आफ्नै निर्णय थियो र उनलाई यो मतलब छैन कि उनको अगाडि को छ ।

कैयौं पटक उनको विरोधमा पार्टी नेतृत्व नै हुन्छ । बीआर भास्कर भन्छन्, मुख्यमन्त्रीका रुपमा उनी मुन्नार हिल स्टेशनमा हुने अवैध निर्माणको विपक्षमा थिए । तर, पार्टीलाई यो मन परेन । तर, उनले निर्माण रोकेरै छाडे ।’

राजनीतिक विश्लेषक जो क्यारिया भन्छन् जब उनी पछिल्लो पटक सत्तामा थिए, त्यसबेला प्रशासन बदनाम थियो । तर, मानिसहरु उनलाई राम्रो नेताका रुपमा लिन्थे । मानिसहरु उनलाई अमोन चाण्डीलाई भन्दा विश्वास गर्थे । उनका छोराविरुद्ध थुप्रै आरोपहरु थिए । तर, कसैले पनि उनको व्यक्तिगत इमान्दारितामा शंका गरेनन् । उनको केरलामा एक अलग व्यक्तित्व छ ।

पार्टीभित्रको प्रतिद्वन्द्वी पिनारयी विजयनले उनलाई हटाउन धेरै प्रयास गरे । यहाँसम्म कि उनी चाहन्थे कि विधानसभाको टिकट नै नदिउँ । तर, लोकप्रियताका अगाडि पार्टीले आफ्नो सोच परिर्वतन गर्नु पर्यो ।

अच्युतानन्दन त्यो राजनीतिक भाषामा कुरा गर्छन्, जुन जनताले बुझ्छन् । जसले पार्टीमा विवादसमेत हुन्छ ।
केरलाका आम जनताका लागि उनको उपस्थिति एक अलग महत्व राख्छ । लेफ्टका लागि उनी मास जुटाउने नेता पनि हुन् ।

सी गौरीदासन नायर भन्छन्, त्यसैले यो भन्नु गलत हुँदैन कि अच्युतानन्दन आम मानिसका कम्युनिष्ट नेता हुन् ।’

जो क्यारिया एक प्रश्न अघि सार्छन्, जुन एक दशक अगाडि एक पत्रकारले सोधेका थिए । पत्रकारले सोधेका थिए कि पार्टीभित्र मदभेद र प्रतिद्वन्द्विता भएका कारण तपाई अहिलेसम्म मुख्यमन्त्री रहनुहुन्छ ? त्यसबेेला अच्युतानन्दनले भनेका थिए, म अहिलेसम्म मुख्यमन्त्री रहन्छु तपाई प्रतिक्षा गर्नुस् र हेर्दै जानुस् ।

अच्युतानन्दन हरेक दिन विहान र बेलुका एक घन्टासम्म ब्यायाम गर्छन् । उनी निकै अनुशासित छन् र उनको राजनीतिक सोच निकै सफा छ । त्यसैले पनि यो उमेर र गर्मीको दिनमा पनि उनी दिनमा चार पाँच सभालाई सम्बोधन गर्न सक्छन् र रात अबेरसम्म काम गरिरहन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment