बिहिबार बेलुकी परेको मुसलधारे पानीमा छाता ओड्दै पुगेकी नायिका नम्रता श्रेष्ठले चलचित्रका निर्माताले भनेको एउटा कुरामा वेवास्ता गरिन् ।
‘होमवर्क’ प्रिमियरमा पुगेकी चलचित्रकी मुख्य नायिका नम्रताले ड्रेस कोर्डको वेवास्ता गरिन् । हुनत, कार्यक्रममा पुगेका अधिकांश चलचित्रकर्मीले यो कुरामा ध्यान दिएका थिएनन् ।
निर्माण कम्पनी गोपिकृष्ण मुभिजले कार्यक्रममा पुग्ने अतिथीका लागि ‘ब्लू’ ड्रेस कोर्ड तोकेको थियो । केही कलाकार आयोजकले भने अनुसारको पहिरनमा देखिए । तर, चलचित्रकी मुख्य नायिकाले नै तोकेको रंगको पहिरन लगाइनन् ।
आखिर किन नायिकाले नै आफ्नो चलचित्रको विशेष शोमा यस्तो कुरामा ध्यान दिइनन् ? नायक आर्यन सिग्देलले पनि तोकिएको रंग अनुसारको पहिरन लगाएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4