Comments Add Comment

कविताः हजुर म त पछि पछि हिड्ने भएँ

अघि अघि हिड्नेलाई चिन्ने भए

हजुर म त पछि पछि हिड्ने भएँ

जे जे देखायो गमेर हेर्ने भए

हजुर म त हस् भनि टेर्ने भएँ

 

Rakeshआउ भन्दा आउँछन् घुम् भन्दा घुम्छन्

हजुर म त लुखुर लुखुर घुमाउने भएँ

ख्वाइदिँदा खान्छन् पिलाउँदा पिउँछन्

हजुर म त लड्लान् भनि समाउने भएँ

 

हतार हतार लिन जाउ फेरि पुर्याउ

हजुर म त तातो न छारो व्यस्त भएँ

स्वागत ग्रहण गर्छन् जुँगा ताउ दिन्छन्

हजुर म त मै हो कि भनि मस्त भएँ

 

अघि अघि हिड्नेलाई खिच्ने भए

हजुर म त पछि पछि खिस्स भएँ

बसाइ दिँदा बस्ने बोल्न दिँदा बोल्ने भए

हजुर म त छेउमा खुम्चिएर हिस्स भएँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment