Comments Add Comment

मुस्लीमहरुले आज शब ए बरात पर्व मनाउँदै

Muslim-Kapilbastu

९ जेठ, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुले आज शव ए बरात पर्व मनाउँदैछन् । मुस्लिम क्यालेन्डर अनुसार शाबान माहिनाको  १४ तारीखमा यो पर्व मनाइन्छ ।

मुस्लीमहरु ब्रत बस्ने, मस्जीदमा  प्रार्थाना, गरिबलाई  दान, कुरानको वाचन एवं मीठो परिकार खएर यो पर्व मनाउँछन् । आज र हिजो दुई दिन ब्रत अर्थात रोज बसेर धुमधामका साथ यो पर्व मन्ााइन्छ ।

वितेकोे बर्षको समीक्षा, कार्यहरुको लेखा जोखा तथा आउने बर्षको गर्न कार्यको नीति नियम शब एबरातको रातमा बनाइन्छ ।  नमाज, कुरान वाचन , कबि्रस्तानको सुरक्षा सरसफाई समेत गरिन्छ । आज राति आफ्नो परिवारसँग  विभिन्न स्वादिष्ट मिठाई फातेहा गरि खाने चलन छ ।

मुस्लिम धर्मावलम्बीहरुको प्रमुख पर्व शब ए बरातको अवसरमा  मुस्लिम बहुल्य क्षेत्रमा मस्जीद सडक सार्वजनिक स्थलको सजावट तथा जल्सको समेत व्यास्था रहेको मौलनाहरुले बताएका छन । रातमा मुस्लिम इलाकामा शब एबरातको रौनक समेत रहन्छ ।

इस्लाम धर्मको मन्यता अनुसार शब एबरातको राती अल्लाहसँग बर माग्ने तथा रात भर कुरानको पाठ वाचन गर्ने मौलनाहरु बताउँछन । २०६८ सालको जनगणना अनुसार नेपालमा २२ लाख मुस्लीमहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment