यो संसार अनौठा किसिमका मानिसहरु तथा संंस्कारहरुले भरिपूर्ण छ । यसमा सबैभन्दा अनौठो त आदिवासीहरुकेा संस्कार नै हुन्छ । अफ्रिकी देश दक्षिणी सुडानको मुन्दारी आदिवासीको पनि एउटा अनौठो परम्परा रहेको छ ।
नाइल नदिको किनारामा बसोबास गर्ने यो आदिवासी समुदायमा गाइ तथा साँढे प्रतिष्ठाको सूचक हुन्छ ।
यो आदिवासी समुदाय दुनियाबाट अलग तथा फरक छ । विषम भौगोलिक तथा मौसमी परिस्थितिसँग जुध्नका लागि यो आदिवासीले अनुकुलनको निकै प्रभावकारी उपाय अपनाउने गरेको छ ।
उत्पात गर्मीका कारण जिउमा इनफेक्सन नहोस् भनेर उनीहरु गाइको गहुँतले नुहाउँछन् । जिउमा लामखुट्टेले नटोकोस् भन्नका लागि गाइवस्तुकै गोबर डढाएर बनाएको खरानी जिउमा दल्दछन् ।
गाई यो आदिवासीको जिवनशैलीको अहम हिस्सा हो । गाई नै रोजगारीको माध्यम पनि हो । विवाहमा समेत गाइलाई दाइजोको रुपमा दिइन्छ । त्यसैले आपसी झैझगडा समेत गाईकै विषयलाई लिएर हुने गरेको छ ।
त्यहाँ गाई यति महत्वपूर्ण तथा मूल्यवान छ की रातको समयमा कसैले आफ्नो गाई नचोरोस् भन्नका लागि मानिसहरु रातमा गाईसँगै सुत्छन् ।
कतिपयले त बन्दुक लिएर गाइको चौकिदारी पनि गर्दछन् । गाईको चोरीसँग सम्बन्धित विवाद तथा लडाइँहरुका कारण अहिलेसम्म २५ सय भन्दा बढि मानिसको ज्यान गैसकेको छ ।
यी गाई पनि हाम्रा जस्ता सामान्य गाई कहाँ हुन् र ? यिनलाई क्याटल अफ किंग भनिन्छ । यी गाईको सिँग ८ फिटसम्म लामा हुन्छन् ।