Comments Add Comment

कतारमा २५६०औं बुद्धजयन्ती समारोह सम्पन्न

buddha_katar (3)दोहा । बैशाख शुक्ल पूणिर्माका दिन मनाइने बुद्धजयन्ती कतारमा पनि मनाइएको छ ।

शुक्रबार नेपाली दूतावास कतारमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको सम्वन्यमा २५६० औं बुद्धजयन्ती भव्यताका साथ मनाईएको छ ।

कतारस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको विशेष सहयोगमा नेपाल मगर संघ ,तमु समाज , नेपाली प्रवासी तामाङ्ग समाज र थारु कल्याणकारिणी सभा कतारको आयोजनामा बुद्धजयन्ती मनाइएको हो ।

विहान ८ बजेबाट बुद्धधर्मावलम्बीहरुले बुद्धधर्म अनुसार दुई किसिमको पुजापाठ गरेका थिए । पुजापाठका लागी नेपालबाट बुद्धगुरु ग्याम्जो लामा कतार आएका थिए । असिम पूजा र धम्मपूजा सकिए लगत्तै बुद्धजयन्तीको औपचारीक कार्यक्रम शुरु भएको थियो ।

buddha_katar (1)२५६० औ बुद्धजयन्ती मुल समारोह समितीका संयोजक तथा तमु समाज कतारका अध्यक्ष खेम तमुको सभापतित्वमा सम्पन्न औपचारीक कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दूतावास कतारका कार्यवाहक राजदूत मणीरत्न शर्मा रहेका थिए ।

कार्यक्रममा बोल्दै शर्माले ‘विश्व शान्तीका अग्रदुत बुद्धको जन्मजयन्ती कतारमा रहेको नेपाली दुतावासमा मनाउन पाउँदा खुसी लागेको छ । नेपालमा मात्र नभई विश्वमा नै आजको दिन छुट्टै महत्वपुर्ण दिन हो । आजको विश्वमा एसियाका तारा मानिने गौतम बुद्धका अष्टाङ्गीक मार्ग र पञ्चशिलको उपदेशलाई सबैले मार्गदर्शनको रुपमा लिनुपर्छ । ‘ भन्दै नेपालमा भईरहेको विश्व सम्मेलनको बारेमा प्रष्ट पारेका थिए ।

थारु कल्याणकारिणी समाज कतार च्यापटरका अध्यक्ष अन्जनी कुमार चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बुद्धधर्म , यसको महिमा र बुद्ध जयन्ती किन मनाईन्छ भन्ने विषयमा नेपाल मगर संघका अध्यक्ष महेन्द्र तामाङले प्रष्ट पारेका थिए ।

buddha_katar (2)दिप प्रज्वलन , राष्ट्रिय गान र मौन धारणसँगै उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथीहरु नेपाली प्रवासी आदिवासी  जनजाती महासंघ कतारका अध्यष सियाराम चौधरी , एनआरएनए आईसीसीका संरक्षक देवकाजी डंगोल , एनआरएनए आईसीसी सदस्य बिनोद अधिकारी र एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ्ग रहेका थिए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न राजनितीक , जातिय तथा सामाजिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । उपस्थित अतिथीहरुले गौतम बुद्धको बारेमा चर्चा गर्दै मन्तव्य राखेका थिए ।

buddha_katar (4)नेपालको लुम्बिनीमा आज भन्दा २५६० बर्षअघी बैशाख शुक्ल पुणिर्माका दिन सिद्धार्थ गौतमको जन्म भएको हो । ६ बर्षको तपस्यापछी ३५ बर्षको उमेरमा बैशाख शुक्ल पुणिर्माकै दिन बुद्धत्व प्राप्ती भएपछी सिद्धार्थ गौतम भगवान बुद्धको रुपमा विश्व प्रसिद्धी भए । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्ने गर्दछन त्यसैले वैशाख शुक्ल पूणिर्मामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।buddha_katar (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment