+
+
Shares

भूमिसुधार ऐन लागू गर्न चुनौतीः कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ९ गते १३:०९

haribol gajurel९ जेठ, काठमाडौं । कृषि विकास मन्त्री हरिबोल गजुरेलले भूमिसुधारविना कृषिमा गुणात्मक विकास सम्भव नहुने भएपनि नेपालमा भूमिसुधार लागू गर्न निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

कृषि विकास मन्त्री गजुरेलले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमिसुधार सम्बन्धमा २०५१ सालयता बनेका आयोगहरुले दिएका प्रतिवेदनहरु दराजमा थन्किएर बसेको अवस्थामा भूमिसुधार होला भनेर विश्वास गर्न नसकिने बताए ।

यसअघि भूमिसुधार आयोगको अध्यक्षको रुपमा काम गरेर सरकारलाई प्रतिवेदन बुझाएका कृषि विकास मन्त्री गजुरेलले भूमिसुधारको प्रक्रिया निकै जटिल रहेको भन्दै भूमिसुधारलाई पर्खे कृषि क्षेत्रको विकास अझै पछाडि पर्ने बताए ।

मन्त्री गजुरेलले भूमिसुधार सम्बन्धमा विभिन्न आयोगहरुले दिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नरहेकाले सरकारले कृषकहरुलाई दिइने सुविधा बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने जानकारी दिए । तर उनले कृषकहरुलाई दिइने सुविधा सम्बन्धी कार्यक्रम बारे भने प्रष्ट पारेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?