+
+
Shares

प्रचण्डपुत्री भन्छिन्ः मलाई केन्द्रीय समितिमा नराखियोस

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ९ गते १४:४९

Renu Dahal

९ जेठ, काठमडौं । पार्टी एकीकरण भएसँगै महाजम्बो केन्द्रीय सदस्य बनाएको विषयमा नेकपा माओवादी (केन्द्र) को आलोचना भैरहेको छ । पार्टी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालले पनि यसप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

फेसबुकमा स्ट्याटस लेख्दै उनले ‘असन्तुलित केन्द्रीय समिति’ मा आफुलाई नराख्न आग्रहसमेत गरेकी छन् । बाबु प्रचण्डको नाम जोडेर आफूलाई केन्द्रीय समितिमा थप्न लागेको भन्ने मिडियाबाजीले दुखी भएको भन्दै रेणुले लेखेकी छिन्, ‘म आफू खटेको कार्यक्षेत्रबाट अनुमोदित भएर यहाँसम्म आइपुगेकी हुँ ।’

‘आफ्नो हैसियत हुँदा हुँदै पनि अहिले बन्न लागेको असन्तुलित केन्द्रीय समितिमा मलाइ नराखियोस्,’ उनले भनेकी छन् ।

आगामी महाधिवेशनमा कार्यकर्ताको बीचबाट विधी र प्रक्रियाद्वारा केन्द्रीय सदस्यमा चुनिन चाहेको पनि उनले स्ट्याटसमा लेखेकी छिन् । कार्यकर्ताको सन्तुलित व्यवस्थापनका लागि पालुङटार विस्तारित बैठकमा जुन हैसियत थियो त्यसैैलाई आधार बनाएर केन्द्रीय समिति बनाउन पनि दाहालको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?