आकर्षक जीउडाल र धेरैको ध्यान तान्न सक्ने खुबी त छ, दुई नायिका आश्मा डीसी र नम्रता सापकोटामा । तर, यी दुइले चलचित्र क्षेत्रमा उम्दा करिअर बनाउन भने सकेका छैनन् ।
आश्माले लीड नायिकाको रुपमा चलचित्र ‘आभाष’मा काम गरेकी नै हुन् । ‘नाई नभन्नु ल ३ र रामप्यारी’मा पनि राम्रो भूमिका पाएकी नै हुन् । तर, पनि उनी अझै गतिलो तरिकाले नोटिस हुन सकेकी छैनन् ।
आश्मा जस्तै हाल छ अर्की नायिका नम्रता सापकोटाको पनि । ‘सिग्नेचर’ नाम चलचित्रबाट डेब्यू गरेपनि चलचित्र अहिलेसम्म चलेको छैन । ‘अन्तराल र विरानो माया’ गतिलो चलेनन् ।
तर, उनले दुई चर्चित ब्यानरका चलचित्र भने पाएकी छिन् । ‘ब्रासलेट र छक्का पन्जा’बाट उनले धेरै नै अपेक्षा गरेको हुनुपर्छ ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा एकसाथ देखिएका यी दुई सुन्दरीको मित्रता गजबकै देखियो । मिडियामा तस्बिर खिचाउन होस् या कुराकानी गर्न, यी दुइले एक अर्कालाई छाडेनन् । नम्रता र आश्माको यस्तो मित्रता कहिलेदेखि बढेछ भनेर कार्यक्रममा गाँइगुँइ पनि नसुनिएको होइन ।
चलचित्र क्षेत्रमा नायक-नायिकाको मित्रता बढ्नु र सकिनु कुनै नौलो कुरा होइन । तर, नम्रता र आश्मालाई मित्रतासँगै करिअर पनि चम्काउन आवश्यक छ ।
तस्बिर : श्रीधर पौडेल
प्रतिक्रिया 4