+
+
Shares

नेविसंघले बालुवाटारमा ‘ओली एक्सप्रेस’ कुदायो ! (भिडियो सहित)

प्रधानमन्त्रीको 'भिजन'लाई यसरी गरियो व्यंग्य

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १० गते १९:४५

nebi sangh birodh (7)

१० जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडिको सडकमा सोमबार विहानै ग्यासका रित्ता सिलिण्डर लिएर नेविसंघका नेताहरु देखा परे । लगत्तै उनीहरुले ‘ओली एक्सप्रेस’ लेखिएको नक्कली पानीजहाज अर्थात रोबोट गुडाउन थाले । नक्कली ‘रेल’ बनाएर तमासा देखाए ।

प्रधानमन्त्री केपी ओलीले नेपाली ध्वजावाहक पानीजहाज चलाउने भनेको कुराप्रति व्यंग्य गर्दै नेविसंघका नेताहरुले बालुवाटार अगाडि रोबोटसहित प्रदर्शन गरेका हुन् ।

देशमा महंगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर प्रधानमन्त्री पूरा हुनै नसक्ने खालका योजनाहरु पस्कने गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनका नेताहरुले फरक शैलीको प्रदर्शन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रधानमन्त्री ओलीले अगाडि सारेका विकास योजनाहरुले देशमा बहस छुडेको छ । केहीले प्रधानमन्त्री ओलीलाई हास्य पात्र बताइरहेका छन् भने केहीले सपना देखाउनु राम्रो हो भन्ने सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

कतिपय सानातिना समस्या समाधान गर्न नसक्ने प्रधानमन्त्री ठूल्ठूला कुरा गरेपछि उनी हास्यपात्र बनाइएका छन् । र, प्रधानमन्त्री ओलीले समेत विकासका कुरा गर्दा आफूमाथि व्यंग्य गरिएको भन्दै चित्त दुखाएका छन् ।

यस्तो बेलामा बालुवाटार अगाडि विद्यार्थी नेताहरुले गरेको यस्तो प्रदर्शनलाई तपाई के भन्नु हुन्छ ? निक्र्योल गर्ने जिम्मा पाठकहरुकै ।

हेर्नुहोस् थप तस्वीर

nebi sangh birodh (1) nebi sangh birodh (4) nebi sangh birodh (6) nebi sangh birodh (11) nebi sangh birodh (10) nebi sangh birodh (12) nebi sangh birodh (9) nebi sangh birodh (14) nebi sangh birodh (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?