+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

विहारबाट नेपाल पसेर नक्कली भारुको कारोबार

एक भारतीयसहित सात नेपाली समातिए

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १० गते १२:५७

Duplicate-IC१० जेठ, काठमाडौं । भारतको बिहार घर भई सिराहा बस्दै आएका एक भारतीय नागरिक नक्कली भारुको कारोबार गरेको आरोपमा समातिएका छन् । ती भारतीय नागरिकसहित अन्य ७ जना नेपालीसमेत नक्कली भारुको कारोवारमा संलग्न रहेको आरोपमा समातिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २० लाख भारतिय नक्कली नोटसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुढानीलकण्ठ बस्ने सुमन मल्ल, दोलखाकी मिरा जिरेल, सप्तरीका तारणीप्रसाद ठाकुर र भारत विहार घर भई नेपालको सिराहामा बस्दै आएका वैद्यनाथ गुप्ता छन् ।

त्यसैगरी रुपन्देहीका विजय शर्मा, गुल्मीका सनत श्रेष्ठ, अमृत श्रेष्ठ र विजय शर्मालाई पनि भारतीय नक्कली नोटसहित पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी बिक्रम सिंह थापाले बताए ।

सनत श्रेष्ठका साथबाट १० लाख, विजय शर्माका साथबाट ५ लाख, सुमन मल्लका साथबाट ६५ हजार, मिरा जिरेलको साथबाट २ लाख र अमृत श्रेष्ठको साथबाट भारतीय नक्कली नोट बरामद भएको एसएसपी थापाले बताए ।

पक्राउ पर्नेहरु १५ वर्ष जेल परेकादेखि हुण्डी कारोवारीसम्म नक्कली नोटसहित काठमाडौं परिसरले पक्राउ गरेको भारत विहारका वैद्यनाथ गुप्ता लागुऔषध कारोवारको अभियोगमा १५ वर्ष जेल संजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरी स्रोतले बतायो ।

लागुऔषध कारोवारको अभियोगमा जेल संजाय भुक्तान गरेर केही महिना अघि मात्रै निस्किएका वैद्यले आफनो नाम पनि परिर्वतन गरेका थिए । वैद्य कहिले राजु त कहिले अरुण , कहिले विजय भन्दै भारतिय नक्कली नोटको कारोवारमा सक्रिय रहँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै रुपन्देहीका विजय शर्मा पनि पाँच वर्ष लागुऔषध कारोवारकै अभियोगमा जल सञ्जाय भुक्तान गरेर निस्किएका व्यक्ति भएको प्रहरी स्रोत बताउँछ ।

पक्राउ पर्नेमध्येका बुढानीलकण्ठ बस्ने सुमन मल्ल जग्गा कारोवारी हुन् । त्यस्तै गुल्मीका सनत श्रेष्ठ लामो समयदेखि कारोवारमा समेत संलग्न रहेको भेटिएको छ ।

यसको सञ्जाल खोज्दै छौं: एसएसपी थापा

लागुऔषध कारोवारमा जेल सजायँ भुक्तान गरेको मान्छेदेखि हुण्डी कारोवारी र भारतीय नागिरकसम्म नक्कली भारुसहित पक्राउ परेपछि यसको कनेक्सन खोजी भैरहेको काठमाडौं परिसरका एसएसपी विक्रम सिंह थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?