Comments Add Comment

सोलुखुम्बुका कांग्रेस नेता नयाँ शक्तिमा

१० जेठ, काठमाडौं । सोलुखुम्बुका नेपाली कांग्रेसका नेता सोनाम छिरिङ शेर्पा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन् । जोरपाटीस्थित एक पार्टी प्यालेसमा सोमबार आयोजित कार्यक्रममा उनलाई नयाँ शक्तिमा स्वागत गरिएको हो ।

Sonam-Chhiring-Sherpaको हुन् शेर्पा ?

सोलुखुम्बु जिल्लाको तामाखानीमा जन्मिएका शेर्पा २०५४ सालमा तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजनीतिक सल्लाहकार भएका थिए । २०५१ सालमा भएको संसदीय निर्वाचनमा शेर्पा नेपाली कांग्रेसका नेता बलबहादुर केसीबाट १४३ मतले पराजित भएका थिए ।

उनी दोस्रो संविधानसभा निर्वाचनमा पनि बलबहादुर केसीको वागी उम्मेदवार थिए । सो निर्वाचनमा उनले झण्डै तीन हजार मत ल्याएका थिए ।

पूर्वमन्त्री पनि नयाँ शक्तिमा

कार्यक्रममा पूर्वमन्त्री नरबहादुर बुढाथोकी पनि नयाँ शक्तिमा प्रवेश गरेका छन् । बुढाथोकी डोल्पा निवासी हुन् ।

नयाँ शक्तिका अभियन्ता देवेन्द्र पौडेलले शेर्पा र बुढाथोकीको नेतृत्वमा ५ सय कार्यकर्ता नयाँ शक्तिमा आएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment