Comments Add Comment

जगदम्बा सिमेन्टको ‘उपभोक्तामुखी साक्षरता कार्यक्रम’

jagadamba
१० जेठ, काठमाडौं । जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो संरचना निर्माणका लागि प्राविधिक जनाकारी प्रदान गर्न कलङ्की क्षेत्रका राजमिस्त्री, स्थानिय ठेकेदार, तथा डिलरहरुको भेला गरेको छ ।

भेलामा कम्पनीका इञ्जिनियर निरज मल्लले विशेष तालिम प्रदान गरे । कार्यक्रममा एक सयाभन्दा बढी निर्माणकर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रमका संयोजक कम्पनीका वरिष्ठ विक्री प्रबन्धक रोशन पाठकले गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपता भएको जगदम्बा सिमेन्टले आफ्ना उत्पादन तथा सही निर्माण विधिका बारेमा उपभोक्तालाई साक्षर गराउन कार्यक्रम गरिएको बताए ।

उनले आगामी दिनमा निर्माणकर्मी तथा इन्जिनियरहरुको तहमा पनि यस्ता तालिम गर्दै जाने उल्लेख गरे । कम्पनीका अर्का विक्री प्रबन्धक दिनेश सुवेदीले जगदम्बा सिमेन्ट उपभोक्ता तथा समाजप्रति उत्तरदायी भएर उपभोक्तामुखी कार्यक्रम ल्याएको बताए ।

उनले अहिले सरकारले अघि सारेको पुनर्निर्माणलाई पनि सुरक्षित र व्यवस्थित गर्न कम्पनी आफ्नो तहबाट लागेको जानकारी दिए ।
त्यसै गरी कम्पनीका आयोजना प्रमुख सुनिल पौडेलले प्राविधीकहरुको सल्लाह बमोजिम नै निर्माण दीगो  हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment