+
+
Shares

मोदीका नाममा आएका साइकल राजदूतले समय नदिँदा थन्किए

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ११ गते ६:१३

Cycle (7)११ जेठ, काठमाडौं । भारतीय राजदूत रञ्जित रेले समय नदिएपछि दलित र विपन्न छात्रालाई प्रोत्साहन स्वरुप प्रदान गर्न लागिएको पाँच सय साइकल थन्किएका छन् ।

भारतीय राजदूतावासको सहयोगमा जिल्ला विकास समिति धनुषमार्फत खरिबद गरिएको २८ लाख ४० हजार मूल्यको साइकल वितरण नभएको आजको नयाँ पत्रिकामा समाचार छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने क्रममा तराईका ग्रामीण भेगका दलित र विपन्न छात्रालाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गर्ने बताएका थिए ।

सोही अनुरुप जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ग्रामीण भेगका विद्यालयमा दलित र जेहेन्दार छात्रा छनोट गरिएको र पाँच सय छात्रालाई साइकल उपवल्ध गराउने योजना भएको थियो ।

जिविस धुषाले टेन्डर आहृवान गरी साइकल खरिद गरेको भए पनि दूतावासबाट हालसम्म खरिद रकमसमेत उपलव्ध नगराइएपछि साइकल व्यपारीले समेत ताकेता गर्न थालेको जिविसका निभित्त स्थानीय विकास अधिकारी राजकिशोर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?