Comments Add Comment

बाह्रौँ वार्षिक गिद्ध सर्वेक्षण सम्पन्न: नेपालमा डंगर गिद्धको संख्या स्थिर

OLYMPUS DIGITAL CAMERA११ जेठ, काठमाडौं । नेपाल पन्छी संरक्षण संघबाट संरक्षणविद्हरुको टोलीले गिद्ध सर्वेक्षण सम्पन्न गरेको छ ।

टोलीले तराईको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढबाट शुरु गरी कञ्चनपुरको गड्डाचौकी सम्म करीव ५६० कि.मि. राजमार्गमा सर्भे गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ र आरएसपिवि , यू.के.को सहयोगमा हरेक वर्ष यो सर्भे गरिन्छ । नेपालमा विधिवत रुपमा गिद्धको अध्ययन अनुसंन्धान तथा संरक्षण कार्यको थालनी सन २००२ को राजमार्ग ट्रान्सेक्ट सर्वेक्षण देखी भएको हो । यहि निरन्तर अध्ययनको सहयोगमा नेपालमा गिद्धको संख्या घटबढको तथ्याङ्क पत्ता लागाउनुको साथै गिद्धका बासस्थानहरु नयाँ नयाँ स्थानमा फेला पारीएको छ ।

सन् २००२ को सर्वेक्षणमा २०५ वटा गिद्धहरु भेटिएका र सन् २००९ मा आउदा घटेर ५२ को संख्यामा झरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तर पछिल्ला तिन वर्षहरु २०१४, २०१५ र २०१६ को सर्वेक्षणमा क्रमशः ६८, ७१ र ७४ देखीएको छ जसले गिद्धको संख्या हृास दरमा कमि आई स्थिरता देखाएको छ ।

प्रत्येक वर्ष अंग्रेजी महिना मे सुरु गरिने सर्भे राजमार्गमा गरिने गरिएको छ । यस सर्भेले राजमार्गको दुवैतिर १ हजार मिटरको दुरी सम्म देखिएका गिद्धहरुको पहिचान गरी रेकर्ड राख्दछ । यस सर्भेले पूर्व-पश्चिम राजमार्गका अलावा पश्चिमी पहाडी क्षेत्रमा अवस्थित सडक संजालहरु जस्तैः सल्यान, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्गजा, कास्की, तनहुमा पनि यो सर्भे गरीएको नेपाल पंक्षि संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत तथा सर्वेक्षणका प्रमुख अनुसन्धाता कृष्णप्रसाद भुसालले बताए ।

Researcher Observing Vultures on Road Survey

वन तथा भू-संरक्षण मन्त्रालय मातहतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ प्रथम र २०१५ मा नविकरण गरीएको गिद्ध संरक्षण कार्य योजनाू लागु गरे लगतै, नेपाल पंक्षि संरक्षण संघले समुदायमा आधारित भएर पश्चिम नेपालमा यि कार्य योजनालाई सफलतापुर्वक लागु गर्न मद्दत गरेको नेपाल पन्छी संरक्षण संघकी वरीष्ठ संरक्षण अधिकृत ईशाना थापाले बताइन् ।

नेपालबाट सुरुवात गरीएको गिद्ध सुरक्षित क्षेत्र’’  को अवधारणालाई सफल पार्न अहिले नेपालका ५० जिल्लाहरु समेटी १,०७,२५५ वर्ग कि.मि.पशु उपचारमा डाईक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरीएको नेपाल पन्छी संरक्षण संघका प्रमूख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधान बताउछन् ।

यो गिद्ध सुरक्षित क्षेत्र पश्चिम नेपालका सबै जिल्ला र पुर्वका केही जिल्लाहरु सम्म फैलिएको छ । आगामी दिनमा गिद्ध सुरक्षीत क्षेत्रको थप विस्तार र डाईक्लोफेनेक तथा अन्य हानिकारक औषधीको पुर्ण निर्मुलीकरण सँगै गिद्ध संरक्षण प्रजन्न केन्द्रमा कृत्रिम प्रजन्न गराईएका गिद्धलाई सुरक्षीत प्रकृतिमा पुनस्थापना गर्ने लक्ष्य रहेको उनले बताए ।

दक्षिण एशियामा सन् १९९० देखि गिद्धको संख्या नाटकिय ढङ्गबाट घटिरहेको थियो । भारतमा १५ वर्षको अन्तरालमा -डंगर गिद्धको संख्या ९९.९५ ले घटेको देखिएको छ । यस्तै, नेपालमा स्न २००९ सम्मको १० वर्षे अनुसन्धानले पनि डंगर गिद्धको संख्या ९१५ ले घटेको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन ।

गिद्धको अप्राकृतिक विनाशको कारण पशुउपचारमा प्रयोग गरीने डाईक्लोफेनेक नै प्रमुख कारक तत्व हो भने हाल गिद्धलाई हानी नगर्ने डाईक्लोफेनेकको सट्टा प्रमाणित रुपले सुरक्षित मानिएको मेलोक्सिक्याम उत्पादन भैसकेको छ । पशुउपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नेपाल, भारत र पाकिस्तानमा सन् २००६ मा प्रतिवन्धित भए पनि यसको अवैधानिक प्रयोग र अन्य हानिकारक पिडानाशक औषधी निमुस्लाईड, किटोप्रोफिन, एसीक्लोफेनेकले दक्षिण एशियामा अझै पनि गिद्ध हृास भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment