Comments Add Comment

कैलालीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

१२ असोज, कैलाली । धनगढी उपमहानगरपालिका –३ चटकपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-५ गेटाका २२ वर्षीय सन्तोष भट्ट, वडा-१ अत्तरियाका २८ वर्षीय गोविन्द चौधरी र वडा-१३ कैलाली गाउँका ३० वर्षीय सहदेव राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले शनिबार चटकपुर सडकखण्डमा चेकजांज गर्ने क्रममा भट्ट र चौधरीको साथबाट दुई वटा पोकामा रहेको ६.६१ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका भट्ट र चौधरीको वयानका आधारमा रानालाई पक्राउ गरिएको उनले बताए ।  रानाको घर खानतलासी गर्दा  १६ पुरिया ब्राउन सुगर, जलेको अवस्थाको नोट, ब्लेड ३ टुक्रा, हुक्का १ थान, मोबाईल २ थान र ११ हजार ६ सय ५ रुपैयाँ नगद बरामद भएको उनले बताए ।
प्रहरीले रानालाई नियन्त्रणमा लिन खोज्दा केही व्यक्तिहरुले अवरोध गरेपछि उनिहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment