+
+
Shares

भारतले दुनियाँलाई बुद्ध दिएको छ – मोदी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ११ गते ७:२२

११ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताए ।

‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ,’ महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’

सम्बोधनको क्रममा मोदीले आतंकवाद विश्वका लागि खतरा रहेको बताए ।

मोदीले आतंकवाद कुनै एक देशका लागि मात्र नभइ पूरै विश्व समुदायको लागि ठूलो चूनौति रहेको बताए । उनले आतंकवादविरुद्ध एकजुट हुन विश्व समुदायलाई अपिल गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?