Comments Add Comment

बौद्धनाथको क्षमा पूजामा झडप

११ असोज, काठमाडौं । चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच बौद्धमा झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको छ ।

प्रहरी घटनास्थलमा पुगेको छ । तर, पूजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेका छन् । केही बेर पूजा रोकिएपनि प्रहरीको सुरक्षा घेरामा लामा गुरुहरुले पूजा गराइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment