Comments Add Comment

पर्यटक चढ्ने बसमा ‘फल्स बटम’ बनाएर कपडा तस्करी

१२ असोज, काठमाडौं । टुरिष्ट बसमार्फत भन्सार छलेर ल्याइएको ५५ लाख रुपैयाँ बराबरको कपडा महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले बरामद गरेको छ ।

प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरी नेतृत्वको टोलीले विष्णुमतीमा रोकि राखिएको बा ५ ख ६९३९ नम्बरको टुरिस्ट बसबाट अवैध कपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा राखिएको अवस्थामा भन्सार छलीका कपडा भेटिएका थिए । ती बोरामा ३ हजार ७ सय ४ वटा विभिन्न रंगका रेडिमेट सर्ट भेटिएको जनाइएको छ ।

खानतलासी र बरामदी मुचुल्का तयार गरेर प्रहरीले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पठाएको छ । अवैध कपडाका मालिक को हुन् भन्नेबारे खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment