Comments Add Comment

नारीको सम्मानका लागि भन्दै हमालको यस्तो गेटअप(भिडियो)

rajesh-hamal-ko-feriyako-rup
नायक राजेश हमाललाई भिन्न रुपमा देखाइएको चलचित्र ‘शकुन्तला’को टिजर सार्वजनिक गरिएको छ । भदौ १० गतेबाट नेपालभर प्रदर्शनमा आउने चलचित्रको टिजरमा हमाललाई मात्र देखाइएको छ ।

चलचित्रको टिजरमा हमाल महिलाले लगाउने पहिरन लगाएर एक्सन गर्दै गरेको अवस्थामा देखिएका छन् । हमालले यो गेटअपलाई सम्पूर्ण नारीको सम्मान भनेका छन् । हमालको तस्बिर सार्वजनिक भएसँगै यो चलचित्रमा उनी तेश्रो लिङ्गीको रुपमा देखिएको चर्चा थियो ।

तर, उनको आवाजमा कुनै भिन्नता छैन । हमालले आफ्ना पहिलेका चलचित्रमा जस्तै यसमा पनि उही शैलीको एक्सन गरेका छन् । यसैले उनले चलचित्रको कथामा कुनै न कुनै कारणले महिला भेष बनाएको वुझ्न सकिन्छ ।

दिनेश श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा हमालका अलवा अनु शाह, किशोर खतिवडा, स्मृती श्रेष्ठ, रविन्द्र बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रलाई महेश्वर खत्रीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment