Comments Add Comment

सगरमाथाको शिखरमा ‘वि विल राइज’ को झण्डा

We-Will-Rise

११ जेठ, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि जनतालाई प्रोत्साहित गरिरहेको संस्था वि विल राइज फाउण्डेसनको ‘हामी उठ्ने छौं’ अंकित झण्डा सर्बोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ ।

विनाशकारी भूकम्पपछि थलिएको नेपाल फेरि पहिलेजस्तै बन्नेछ भन्ने सन्देशसहित कीर्तिमानी आरोही फुर्वा शेर्वाले हामी उठ्नेछौं अंकित झण्डा सगरमाथामा पुर्‍याएका हुन् । नेपालको पुनः निर्माणमा संसारकै ध्यानाकर्षण होस् भन्ने पनि आरोहणको उद्देश्य हो । गत शुक्रबार बिहान सगरमाथाको चुचूरोमा १०औं पटक पुगेका फुर्वाले यो सफलता भूकम्पमा दिंवगत करिब ९ हजारप्रति समर्पित गरेका छन् ।

फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र सगरमाथाको ९ पटक सफल आरोहण गरेर कम उमेरमा सबैभन्दा बढी आरोहणको विश्व कीर्तिमान बनाएका छन् । उनले सन् २००८ मा नेपाली महिला सम्मिलित आरोहण दलसँग मिलेर तीन दिनकै अन्तरमा सगरमाथाको दुईपटक आरोहण गरेका थिए ।

दोलखाको रोल्वालिङमा जन्मेका २८ वर्षीयय शेर्पाले सन् २००७ मा जापानी टोलीसँग पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आधार शिविर क्षेत्रमा गएको हिमपहिरोका कारण १६ जना शेर्पा आरोहीको मृत्यु र गतवर्ष भूकम्पका कारण सगरमाथा आरोहण दुई बर्षदेखि स्थगित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment