Comments Add Comment

नसालु पदार्थ खुवाएर लुटपाट गर्ने पक्राउ

Jail Logo१२ जेठ, पोखरा । नसालु पदार्थ खुवाएर ट्याक्सी चालक लुट्ने २ जनासहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । एक महिनाअघि ट्याक्सी लिएर पोखराबाट पाल्पा जाने क्रममा नसालु पदार्थ खुवाएर ट्याक्सी चालकलाई लुटपाट गर्ने २ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लुटेराले अन्यसँग मिलेर बुटवल, रुपन्देही, मुग्लिङ र पाल्पामा पनि लुटेको प्रहरीले दाबी गरेको छ । ट्याक्सी लिएर लामो बाटो जाने र बीच बाटोमा एकान्त पारेर चालकलाई नसालु पदार्थ सेवन गराएर लुट्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।

प्रहरीले स्याङ्जा स्वरेक वडा नं ७ बस्ने ४९ वर्षीय विकास भन्ने डिलबहादुर सेन ठकुरी, नवलपरासी अरुणखोला गविस-८ बस्ने ३७ वषर्ीय प्रकाश सुनार, पर्वत हसौनी गाविस-६ घर भइ हाल रुपन्देही बुटवल बस्ने ५९ वर्षीय राम गुरुङ, स्याङ्जा छाङछाङदी घर भइ हाल रुपन्देही बुटवल बस्ने ४५ वर्षीय लालबहादुर दमै र स्याङ्जा घर भइ पोखरा बस्ने ४५ वषर्ीय धनबहादुर विकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मध्ये ३ जनालाई प्रतिक्षालयबाट र अन्य दुई जनालाई जनपि्रय मार्गबाट पक्राउ गरेको प्रवक्ता डिएसपी बज्राचार्यले जानकारी दिए ।

पक्राउ परेकाहरु अन्य ठाउँमा लुटपाट गरेर पोखरा लुक्न आएको बज्राचार्यले बताए । पक्राउ परेलगत्तै केही पीडितले उजुरी दिएको बताउँदै उनले ति उजुरी दिने सबै चालक भएको बताए । उनका अनुसार पक्राउ परेका लुटेराहरुले प्रायः ट्याक्सी चालकलाई नसालु पदार्थ सेवन गराएर लुट्ने गरेका थिए । खाद्य बस्तु तथा पेय पदार्थमा नसालु पदार्थ मिसाएर सेवन गर्न दिने र लठि्ठएपछि लुट्ने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment