+
+
Shares

१ किलो सुनसहित भैरहवामा दुई भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १२ गते १२:२६

Gold१२ जेठ, भैरहवा । शरीरमा लुकाएर अवैध रुपमा सुन भारत तर्फ लैजादै गर्दा दुई भारतीय पक्राउ परेका छन् ।

सिद्धार्थ नगरपालिकाको भैरवाह आँखा अस्पताल चोकबाट  नियन्त्रणमा लिइएको उनीहरुको साथबाट एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

भारत विहारको मोतियारी जिल्लाका २५ वर्षीय हरिओम कुमार र सोही स्थानका २६ वर्षीय सुजितलाई बसपार्कबाट सुन लिई भारतको सुनौली लैजान लाग्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

राजश्व तथा भन्सार सुरक्षा गुल्म डन्डा रुपन्देहीका डिएसपी शंकर खनालको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको दुई भारतीय सुन बोक्ने भरिया मात्र रहको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक तुलसीराम पाण्डेले बताएका छन् । नियन्त्रणमा लिइएको सुनको मूल्य करिब ४८ लाख भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?