१३ जेठ, वीरगञ्ज । उद्योगी सुरेश केडिया अपहरणमा परेका छन् । बिहीबार साँझ आफ्नै गाडीमा यात्रा गरिएका उनलाई अज्ञात समूहले बाराको महागडिमाई नगरपालिका, बडियापुरबाट अपहरण गरेको हो ।
भारतीय नम्बर प्लेटको स्कार्पियोमा आएको समूहले उनलाई अपहरण गरेको बताइएको छ ।
अपहरणकारीले गाडी चालक उमेश साहलाई गोली प्रहार गरी केडियालाई भारतीय सीमातर्फ लगेको जानकारी पाएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्रप्रसाद उप्रेतीले बताए ।
केडिया अपहरणमा परेको खबर पाए लगतै प्रहरीले सम्भावित ठाउँमा प्रहरी परिचालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4