+
+
Shares

श्रीलंकामा बौद्ध धर्मावलम्बी सवार बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ८:१९

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • श्रीलंकामा बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ र १४ जना गम्भीर घाइते भएका छन् ।
  • बस भीरबाट खसे र दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको छ ।
  • श्रीलंकाका सडकहरू संसारकै सबैभन्दा खतरनाक मानिन्छन् र यसले वार्षिक रुपमा हजारौं सवारी दुर्घटना निम्त्याउँछ ।

२९ वैशाख, काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् ।

करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रीलंकामा बर्सेनि औसत तीन हजार सवारी दुर्घटना हुने गरेका छन् । श्रीलंकाका सडकहरू संसारमै सबैभन्दा खतरनाक सडकमध्ये पर्दछन् ।

यसअघि सन् २००५ को अप्रिलमा श्रीलंकाको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा एक रेलले ठक्कर दिँदा बसमा सवार ३७ जनाको मृत्यु भएको थियो ।

यसैगरी सन् २०२१ को मार्चमा पासारा भन्ने स्थानमा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो ।

अधिकारीहरुले आइतबारको बस दुर्घटना पनि श्रीलंकामा भएका सबैभन्दा खराबमध्ये एक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?