+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

वैदेशिक रोजगारीमा जाने २१ प्रतिशतमात्र तालिम प्राप्त

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १४ गते ६:१५

Golf-country, Baideshik Rojgari१४ जेठ, काठमाडौं ।  वैदेशिक रोजगारीमा जाने कुल जनशक्तिमध्ये २१ प्रतिशतमात्र तालिमप्राप्त छन्। दैनिक औसतमा एक हजार तीन सय जना वैदेशिक रोजगारीमा जाने गरेका छन्।

आर्थिक सर्वेक्षणअनुसार करिब ३५ लाख वैदेशिक रोजगारीमा गएका छन्। चालू आर्थिक वर्षको आठ महिनामा कुल दुई लाख ८० हजार दुई सय ३५ जना युवा वैदेशिक रोजगारीमा गएका छन्।

नेपालको प्रमुख गन्तव्य मुलुकमध्ये कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, जापान, इजरायल र दक्षिण कोरियासँग श्रम सम्झौता भइसकेको छ। निकट भविष्यमा साउदी अरब, मलेसिया, कुबेत, जोर्डन, लेबनानसँग श्रम सम्झौता तयारी भएको छ।

गएको वर्षदेखि निःशुल्क टिकट र भिसाको व्यवस्था गरिँदा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा गिरावट देखिएको छ। प्रमुख गन्तव्य मुलुक मलेसियाले हाल विदेशी कामदार लिन बन्द गरेको छ।

यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा देखिएको हो। मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने अनि अधिकतम रेमिटान्स आउने मुलुकमा पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?