Comments Add Comment

यूएईमा रहेका सर्लाहीबासी संगठित हुँदै

uae_nepaliयूएई । वैदेशिक रोजगारीका लागि यूएई आएका सर्लाहीबासी नेपालीहरु संगठित हुन थालेका छन् । एकता नै बल हो भन्ने उदेश्यअनुरुप सर्लाहीबासी एकत्रित हुन लागेको सर्लाही फुड स्टोरका देव धिमालले बताए ।

एकत्रित हुने अभियानसँगै सर्लाहीबासीले यूएईमा अलपत्र परी नेपाली दूतावास पुगेकी ईश्वरपुर-२, सर्लाहीकी अजमेरी खातुमलाई १ हजार ५ सय दिराम्स करिब ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सर्लाही सेवा समाजका अबुधाबी क्षेत्रका भीम लामाको अगुवाइमा सहयोग पुर्याइएको हो । गत २० मे शुक्रबारका दिन बरदुबईमा जम्मा भएका सर्लाहीबासीले सर्लाहीबासीले आधिकारिक समाजको गठन गर्ने समाजका अगुवा हेमन मोक्तानले बताएका छन् ।

समस्यामा परी दुताबास पुगेकी खातुमलाई नेपाल मुस्लिम सोसाइटीले नेपाल फिर्तीका लागि हवाई टिकट प्रदान गरेको तथा निज चेलीको ओभरस्टे चार्ज सर्लाही सेवा समाजको तर्फबाट प्रदान गरिएको सोसाइटीका प्रवक्ता नोमान सिद्धिकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment